


पशुपन्क्षी पालन व्यवसायमा केही हदसम्मको व्यवसायिकता र आधुनिकता आएपछि समय समयमा व्यवसायीहरुमा आइपर्ने सामूहिक समस्याहरु सामूहिक रुपमै समाधान गर्न र दाना उद्यमीहरुको हक र हितको संरक्षण गर्न २०४६ सालमा श्री पन्नालाल श्रेष्ठज्यूको सभापतित्वमा नेपाल दाना उद्योग संघको विधिवत रुपमा स्थापना गरिएको हो । पाँच पदाधिकारीहरु र सात कार्यकारी सदस्यसहित जम्मा १२ जनाको कार्यसमिति नै नेपालको इतिहासमा नेपाल दाना उद्योग संघको पहिलो कार्यसमिति हो ।
२०४६ सालमा प्रजातन्त्र आउनु पूर्व नेपाल दाना उद्योग संघको स्थापना भएको हो । जीविकोपार्जनको रुपमा सुरु भएको कुखुरापालन २०५० सालको दशकमा व्यवसायिकरण हुँदै हाल पूर्णप्रतिस्पर्धाको अवस्थामा पुगेको छ । हाल नेपाल पोल्ट्री उत्पादनमा आत्मनिर्भर हुनुका साथै उत्पादकत्व प्रविधि, मूल्य, गुणस्तर, ब्रान्ड, उपलब्धता आदिमा प्रतिस्पर्धाको कारण उत्पादक उपभोक्ता लगायत सबैले लाभ लिन सकिरहेका छन् । सबै प्रकारको मासुको मूल्य बढ्दा समेत कुखुराको मासुको मूःय १०÷१५ वर्षदेखि लगभग उस्तै छ । यो सबै उच्च प्रविधिको प्रयोगका कारणले सम्भव भएको हो । नेपालका पोल्ट्री उत्पादनहरू विकसित राष्ट्रकै स्तरमा छन् । कुखुरा उत्पादनमा ७०% भन्दा बढी दानामा खर्च हुने गर्दछ । तर हाम्रो देश दानाको लागि आवश्यक कच्चा पदार्थ उत्पादनमा आत्मनिर्भर भइसकेको छैन भने केही सहायक कच्चा पदार्थहरूको उत्पादनमा लगभग आत्मनिर्भर नै भइसकेको छ ।
ठूलो मात्रामा ग्रामीण रोजगारी सिर्जना गरी रहेको यो व्यवसायलाई अझै मर्यादित र व्यवस्थित गर्दै अझ बढी रोजगारी सिर्जना गर्न सके देशका युवाहरूलाई विदेश पलायनलाई रोक्न मद्दत पुग्नेछ ।
व्यावसायिक कुखुराहरू उच्च नस्लका हुन्छन् । त्यसको पालन गर्दा प्राविधिक विज्ञता र सीपको आवश्यकता त हुन्छ नै अत्यन्त सङ्क्रमक रोगहरूको पनि चुनौती रहन्छ जसका लागि पूर्ण भ्याक्सिनको आवश्यकता रहन्छ । आज यो व्यवसाय यो तहमा व्यवसायीकरण हुनुमा व्यवसायीहरुको ठूलो हात छ । विभिन्न क्षेत्रमा सरकारी निकायहरुको पनि उल्लेखनीय योगदान रहेको छ । औद्योगिक कच्चा पदार्थ, फिड सप्लिमेन्ट, औषधि तथा भ्याक्सिन, मेसिनरी उपकरण, पाठपुर्जा, ढुवानीका साधन आदिको आयतमा सरकारले सहजीकरण गर्नुपर्ने हुन्छ । पोल्ट्रीको विकास तथा आधुनिकरणले पशुपालनका अन्य क्षेत्रको लाभ लिन सक्दछन् जस्तै डेरी उद्योग, माछापालन, बङ्गुरपालन आदिका लागि आवश्यक गुणस्तरीय दाना नेपालमा नै उत्पादन भइरहेको हुँदा विदेशबाट आयात हुने पशु दाना तथा माछाको दानालाई पूर्णरूपमा प्रतिस्थापन गर्न सकिने अवस्था छ । खुल्ला सिमाना, कच्चापदार्थको बजारमा हुने उतारचढाव, मासु अण्डा चल्ला आदि संवेदनशील वस्तुको बजार मूल्यमा अस्थिरता, अति संक्रमण रोगको जोखिम आदि यस व्यवसायका समस्या हुन् । सबै क्षेत्रको सहयोग र सहभागिताले मात्र यस समस्याहरुलाई समाधान गर्न सकिन्छ ।
नेपाल दाना उद्योग संघले तयार गरेको यस वेबसाइटबाट धेरै व्यवसायीहरूले तत्सम्बन्धी सहि सूचना, तथ्याङ्क तथा जानकारीहरु प्राप्त गर्न सक्नेछन् । जसका कारण विभिन्न प्रकारका जानकारी मूलक डाटाहरू तयार हुनेछन् र भविष्यमा यसलाई दाना तथा पोल्ट्रीका सम्पूर्ण डाटाको एउटा आधार थलोको रूपमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्दछु ।
श्री उमेशचन्द्र सापकोटा
अध्यक्ष
वि.सं. २०४६ सालमा श्री पन्नालाल श्रेष्ठज्यूको अध्यक्षतामा स्थापना भएको नेपाल दाना उद्योग संघ पोल्ट्री क्षेत्रकै जेष्ठ तथा अग्रणी संस्थाका रूपमा परिचित छ। स्थापना कालदेखि नै यस संघले दाना उद्योगको व्यवसायीकरण, गुणस्तरीय उत्पादन प्रवर्द्धन तथा उद्योगीहरूको हक–हित संरक्षणलाई आफ्नो मूल उद्देश्यका रूपमा अघि बढाउँदै आएको छ।
नेपालको कृषि तथा पशुपन्छी क्षेत्रमा दाना उद्योग मेरुदण्डका रूपमा रहेको छ। यस क्षेत्रको स्थायित्व र विकासका लागि संघले कृषक तथा व्यवसायीहरूमा देखा परेका विविध समस्या, चुनौती र नीतिगत जटिलताहरू सरकारसमक्ष सशक्त रूपमा प्रस्तुत गर्दै समाधानका लागि निरन्तर पहल गर्दै आएको छ। कच्चा पदार्थ आपूर्ति, मूल्य अस्थिरता, आयात–निर्यात नीति, गुणस्तर मापदण्ड तथा कर सम्बन्धी विषयहरूमा संघले समन्वयात्मक भूमिका निर्वाह गरेको छ।
मेरो कार्यकालमा संघको संस्थागत सुदृढीकरण, पारदर्शिता अभिवृद्धि, सदस्य उद्योगीहरूबीच आपसी सहकार्य विस्तार तथा सरकारी तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी संवादलाई प्राथमिकतामा राखिएको थियो। साथै, प्रविधिमैत्री उत्पादन प्रणाली, गुणस्तर सुधार र दिगो विकासको अवधारणालाई अघि बढाउने प्रयास गरिएको छ।
संघको शक्ति यसको एकता, साझा उद्देश्य र व्यवसायीहरूको सक्रिय सहभागितामा निहित छ। आगामी दिनहरूमा पनि संघले उद्योगी तथा कृषकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुर्याउनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
नेपाल दाना उद्योग संघको उन्नति प्रगति, समस्त दाना एवं पोल्ट्री व्यवसायी तथा किसानहरूको हक र हितको लागि म सदैव तत्पर रहनेछु। धन्यवाद।
रविन पुरी
निवर्तमान अध्यक्ष
४,७५०,३२९
३,०८१,०६२
१५,०४३,०९३
१,३५७,५०७
१,३५७,५०७
१६ करोड ५० लाख
११०००००
१२२५०००
११५००००
१३०००००
१३०००००
आर्थिक वर्ष आयात गरिएको कुल ब्रोइलर प्यारेण्ट चल्ला २०८० ८१ २४८२६०
२०८१ ८२
१५६९९२
२०८२ ८३ (५ महिना) ७२१६
हाल नेपालमा रहेका ब्रोईलर ग्र्याण्ड प्यारेण्टबाट प्रति महिना १ लाख देखि १२०००० प्यारेण्ट चल्ला उत्पादन
आर्थिक वर्ष लेयर्स प्यारेण्टको सख्या
२०८० ८१ ७७९०२
२०८१ ८२
७८२००
२०८२ ८३ (५ महिना) १५४३३
अपेक्षित लेयर्स चल्लाहरू: प्रति हप्ता ११०000-१३०००० ब्रोईलर तथा लेयर्स प्यारेण्टको मासिक तथा वार्षिक उत्पादन
ब्रोईलर ब्रीडर (प्यारेण्ट)
लेयर्स ब्रीडर(प्यारेण्ट)
ब्रोइलर चल्ला
लेयर्स चल्ला
१०००००-११००० प्रति महिना
-
२९५००००
११००००-१३००००
१७७५०००
८५०००
१५,३४,००,०००
७९०००००
विवरण
सख्या
जीपी फार्महरू (ब्रोइलर) ३
अभिभावक स्टक ११५
लेयर्स कुखुरा पालन गर्ने
२०००
ब्रोईलर कुखुरा पालन गर्ने
३५०००
गिरिराज/क्रुइलर/रङ्गिन ब्रोईलर चल्ला ७५००
कुखुरा दाना उद्योग
११५
आर्थिक वर्ष २०८१/८२ मा कुखुरापालन उद्योगमा प्रयोग हुने प्रमुख वस्तुहरूको आयात (कर बिना) अरब रुपयामा औषधि
९
मकै १८.३०
सोया
२१.१४
अन्य तेलजन्य केकहरु ६.३५
भ्याक्सिनहरु ५
उपकरण र अन्य RM ४
प्यारेण्ट चल्लाहरू ०.३४
कुल ६४.१३
कुल कारोबार: १४५ अर्ब
आयात: ४४.२%
घरेलु स्रोत: ५५.८%
कुल लगानी: १६० अर्ब
गत एक वर्षमा आयात: ३ प्रतिशतले बढ्यो
पशुपन्क्षी पालन व्यवसायमा केही हदसम्मको व्यवसायिकता र आधुनिकता आएपछि समय समयमा व्यवसायीहरुमा आइपर्ने सामूहिक समस्याहरु सामूहिक रुपमै समाधान
गोपीकृष्ण नगर चाबहिल काठमाडौँ नेपाल
+977-01-4823034
info@nfia.org.np
Copyright 2026, nfia. All Rights Reserved.