व्यवसायको अवस्था

व्यवसायको अवस्था

व्यवसायको अवस्था

२०४६ सालमा नेपाल दाना उद्योग संघको विधिवत जन्मपछि यस संघको सक्रियतामा पोल्ट्री व्यवसायमा विस्तृत रुपमा विकास भयो र आफ्नो व्यवसाय सम्बद्र्धन गर्न सम्बन्धित व्यवसायीहरुको छुट्टाछुटै संघको आवश्यकता महशुस गरी विभिन्न अन्य संघहरुको पनि स्थापना भयो । नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक तथा बिक्री व्यवसायी संघ, नेपाल कच्चामाल बिक्रि व्यवसायी सघ, नेपाल ब्रोइलर विक्री व्यवसायी संघ, नेपाल कुखुरापालक किसान संघ आदिको जन्म यसको प्रत्यक्ष उदाहरण हुन् । जसको सामूहिक प्रयासको फलस्वरुप पोल्ट्री व्यबसायले नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याएको छ । नेपालको अर्थतन्त्रमा पशुपक्षी व्यवसाय मात्र कृषिको एउटा यस्तो क्षेत्र हो जसले देशलाई अति आवश्यक पर्ने चल्ला, दाना, दूध, कुखुराको फुल तथा स्वस्थ र ताजा मासु आपूर्ति गर्न आत्मनिर्भर छ ।

पोल्ट्री व्यवसाय अवस्था

प्रत्यक्ष र अप्रत्यक्ष संलग्न परिवार संख्याः करीब ५ लाख ५०
यस व्यवसायमा जम्मा लगानी रु. २ खर्ब भन्दा माथी
कुल ग्राहस्थ उत्पादनमा योगदानः ३ प्रतिशत
संघको गतिविधिः
यस संघले स्थापना कालदेखि आजसम्म दाना व्यवसाय लागाएत पोल्ट्री व्यवसायसंग सम्बन्धित प्रायः जसो समस्याहरुलाई समाधान गर्नको लागि नेतृत्वदायी भूमिका खेल्दै आएको छ। व्यवसायको विकाससँगै थपिएका नयाँ चुनौतीहरुको सामना गर्न समय समयमा एग एण्ड चिकेन फेष्टिबल लगायतका बजार प्रबद्र्धन गर्नका लागि विभिन्न कार्यक्रमहरु अन्य संघ संस्थाहरुसंग हातेमालो गर्दै अगाडि बढ्दै आएको छ ।
संघका सदस्यहरुलाई सुसूचित गर्ने, सरकारी निकायहरुसंग सहकार्य गर्दै समष्टिगत रुपमा व्यवसायीहरुलाई सशक्त बनाउने कार्य यस संघले गर्दै आएको छ । दाना बनाउनका लागि अत्यावश्यक कच्चा पदार्थहरुमा मकै तथा भटमास उत्पादनको लागि कृषि तथा सरकारी मन्त्रालयबाट विशेष कार्यक्रमहरु ल्याउनु पर्ने, पशुपंक्षी रोग निदान प्रयोगशालालाई विकास र विस्तार गरी पब्लिक प्राइभेट पार्टनरशीपको विकास गर्नु पर्ने, व्यवसायीहरुको पूर्ण सहभागितामा राष्ट्रिय पोल्ट्री विकास बोर्ड गठन गरी भविष्यका समस्याहरुको सामना गर्न सक्षम हुनु पर्ने जस्ता चुनौतिहरु अहिले विद्यमान छन्

संघको अवस्था

२०४६ सालको केही सीमित व्यवसायीद्वारा स्थापना गरिएको यस संघमा हाल नेपाल अधिराज्यका प्रायः सबै क्षेत्रका व्यवसायीहरु सम्मिलित छन् । शुरुमा काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र रहेको यो व्यवसाय विगतका केही वर्षहरुमा चितवन जिल्ला लगायत अन्य धेरै जिल्लाहरुमा फष्टाएर पोल्ट्री केन्द्रको रुपमा स्थापित भएको छ । हाल यस संघमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ९० भन्दाबढी सदस्यहरु छन् र यो क्रम दिनानुदिन बढ्दो छ । यस संघले पोल्ट्री व्यवसायसंग सम्बन्धित अधिकाश व्यवसायीहरुको विज्ञापन समावेश गरी अत्यन्त जानकारीमूलक क्यालेण्डरको प्रकाशन हरेक वर्ष गर्दै आएको छ । धेरै वर्षको अथक प्रयासबाट यस संघले काठमाडौंको चाबहिलमा आफ्नै भवन तयार गरी लक्ष्य अनुसारको सक्षम सचिवालयको संचालन गर्न सफल भएको छ ।

Scroll to Top