हाम्रो बारेमा

हाम्रो बारेमा

परिचय

पशुपन्क्षी पालन व्यवसायमा केही हदसम्मको व्यवसायिकता र आधुनिकता आएपछि समय समयमा व्यवसायीहरुमा आइपर्ने सामूहिक समस्याहरु सामूहिक रुपमै समाधान गर्न र दाना उद्यमीहरुको हक र हितको संरक्षण गर्न २०४६ सालमा श्री पन्नालाल श्रेष्ठज्यूको सभापतित्वमा नेपाल दाना उद्योग संघको विधिवत रुपमा स्थापना गरिएको हो । पाँच पदाधिकारीहरु र सात कार्यकारी सदस्यसहित जम्मा १२ जनाको कार्यसमिति नै नेपालको इतिहासमा नेपाल दाना उद्योग संघको पहिलो कार्यसमिति हो ।

 

उद्देश्य

कृषि प्रधान मुलुकको रुपमा चिनिएको नेपाल अधिराज्यका किसानहरुको जीवनस्तर उकास्न र राष्ट्रलाई आवश्यक कृषि जन्य पौष्टिक एवं खाद्य पदार्थको आधारभूत आवश्यकता परिपूर्ति गर्न नेपाल अधिराज्यमा विभिन्न किसिमका कुखुरा, हाँस, गाई, भैसी, बंगुर, माछा आदि पशुपक्षीहरुको सन्तुलित दाना पदार्थ उत्पादन गर्ने कार्यमा सम्मिलित व्यवसायीहरुमा आपसी सहयोग र समझदारी बढाई समष्टिगत रुपमा दाना उत्पादन गर्ने व्यवसाय तथा पशुपन्क्षी पालन व्यवसायको प्रबद्र्धन र विकास गर्ने मूल उद्देश्यका साथ यस नेपाल दाना उद्योग संघको स्थापना भएको हो ।

व्यवसायको अवस्था

२०४६ सालमा नेपाल दाना उद्योग संघको विधिवत जन्मपछि यस संघको सक्रियतामा पोल्ट्री व्यवसायमा विस्तृत रुपमा विकास भयो र आफ्नो व्यवसाय सम्बद्र्धन गर्न सम्बन्धित व्यवसायीहरुको छुट्टाछुटै संघको आवश्यकता महशुस गरी विभिन्न अन्य संघहरुको पनि स्थापना भयो । नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक तथा बिक्री व्यवसायी संघ, नेपाल कच्चामाल बिक्रि व्यवसायी सघ, नेपाल ब्रोइलर विक्री व्यवसायी संघ, नेपाल कुखुरापालक किसान संघ आदिको जन्म यसको प्रत्यक्ष उदाहरण हुन् । जसको सामूहिक प्रयासको फलस्वरुप पोल्ट्री व्यबसायले नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याएको छ । नेपालको अर्थतन्त्रमा पशुपक्षी व्यवसाय मात्र कृषिको एउटा यस्तो क्षेत्र हो जसले देशलाई अति आवश्यक पर्ने चल्ला, दाना, दूध, कुखुराको फुल तथा स्वस्थ र ताजा मासु आपूर्ति गर्न आत्मनिर्भर छ ।

पोल्ट्री व्यवसाय अवस्था

प्रत्यक्ष र अप्रत्यक्ष संलग्न परिवार संख्याः करीब ५ लाख ५०
यस व्यवसायमा जम्मा लगानी रु. २ खर्ब भन्दा माथी
कुल ग्राहस्थ उत्पादनमा योगदानः ३ प्रतिशत
संघको गतिविधिः
यस संघले स्थापना कालदेखि आजसम्म दाना व्यवसाय लागाएत पोल्ट्री व्यवसायसंग सम्बन्धित प्रायः जसो समस्याहरुलाई समाधान गर्नको लागि नेतृत्वदायी भूमिका खेल्दै आएको छ। व्यवसायको विकाससँगै थपिएका नयाँ चुनौतीहरुको सामना गर्न समय समयमा एग एण्ड चिकेन फेष्टिबल लगायतका बजार प्रबद्र्धन गर्नका लागि विभिन्न कार्यक्रमहरु अन्य संघ संस्थाहरुसंग हातेमालो गर्दै अगाडि बढ्दै आएको छ ।
संघका सदस्यहरुलाई सुसूचित गर्ने, सरकारी निकायहरुसंग सहकार्य गर्दै समष्टिगत रुपमा व्यवसायीहरुलाई सशक्त बनाउने कार्य यस संघले गर्दै आएको छ । दाना बनाउनका लागि अत्यावश्यक कच्चा पदार्थहरुमा मकै तथा भटमास उत्पादनको लागि कृषि तथा सरकारी मन्त्रालयबाट विशेष कार्यक्रमहरु ल्याउनु पर्ने, पशुपंक्षी रोग निदान प्रयोगशालालाई विकास र विस्तार गरी पब्लिक प्राइभेट पार्टनरशीपको विकास गर्नु पर्ने, व्यवसायीहरुको पूर्ण सहभागितामा राष्ट्रिय पोल्ट्री विकास बोर्ड गठन गरी भविष्यका समस्याहरुको सामना गर्न सक्षम हुनु पर्ने जस्ता चुनौतिहरु अहिले विद्यमान छन्

संघको अवस्था

२०४६ सालको केही सीमित व्यवसायीद्वारा स्थापना गरिएको यस संघमा हाल नेपाल अधिराज्यका प्रायः सबै क्षेत्रका व्यवसायीहरु सम्मिलित छन् । शुरुमा काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र रहेको यो व्यवसाय विगतका केही वर्षहरुमा चितवन जिल्ला लगायत अन्य धेरै जिल्लाहरुमा फष्टाएर पोल्ट्री केन्द्रको रुपमा स्थापित भएको छ । हाल यस संघमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ९० भन्दाबढी सदस्यहरु छन् र यो क्रम दिनानुदिन बढ्दो छ । यस संघले पोल्ट्री व्यवसायसंग सम्बन्धित अधिकाश व्यवसायीहरुको विज्ञापन समावेश गरी अत्यन्त जानकारीमूलक क्यालेण्डरको प्रकाशन हरेक वर्ष गर्दै आएको छ । धेरै वर्षको अथक प्रयासबाट यस संघले काठमाडौंको चाबहिलमा आफ्नै भवन तयार गरी लक्ष्य अनुसारको सक्षम सचिवालयको संचालन गर्न सफल भएको छ ।

हाम्रो मिशन

पशुपन्क्षी पालन व्यवसायमा केही हदसम्मको व्यवसायिकता र आधुनिकता आएपछि समय समयमा व्यवसायीहरुमा आइपर्ने सामूहिक समस्याहरु सामूहिक रुपमै समाधान गर्न |

हाम्रो दृष्टि

पशुपन्क्षी पालन व्यवसायमा केही हदसम्मको व्यवसायिकता र आधुनिकता आएपछि समय समयमा व्यवसायीहरुमा आइपर्ने सामूहिक समस्याहरु सामूहिक रुपमै समाधान गर्न |

पदाधिकारी एवं कार्यसमिति सदस्य

श्री उमेशचन्द्र सापकोटा

अध्यक्ष

ग्लोबल एग्रो प्रोडक्स प्रा.लि.

श्री रविन पुरी

निवर्तमान अध्यक्ष

पञ्चकन्या फिड ई. प्रा.लि

श्री नारायण हरी खत्री

विशिष्ट सदस्य

सिद्धार्थ पेलेट फिड प्रा.लि

डा. तिल चन्द्र भट्टराई

विशिष्ट सदस्य

पन्चरत्न फिड्स प्रा.लि

श्री ज्ञानेन्द्र पराजुली

प्रथम उपाध्यक्ष

सागर फिड्स प्रा.लि.

श्री राजकुमार पराजुली

द्वितिय उपाध्यक्ष

अन्नपूर्ण एग्रो प्रा.लि.

श्री गोपाल टण्डन

तृतिय उपाध्यक्ष

बुष्टर फिड इ. प्रा.लि.

श्री केशवराज थापा

महासचिव

नेपाल पेलेट फिड इ. प्रा.लि.

श्री नारायण प्रसाद फुयाँल

कोषध्यक्ष

फुयाँल पोल्ट्री फिड प्रा.लि.

श्री देवी प्रसाद गौतम

सचिव

एशियन फिड इ. प्रा.लि.

श्री सुरेन्द्र राज प्रधान

कार्य समिति सदस्य

भ्याली पेलेट फिड प्रा.लि.

श्री विनोद भण्डारी

कार्य समिति सदस्य

आशिर्वाद एग्रो फिड इ. प्रा.लि.

श्री राज कुमार बञ्जारा

कार्य समिति सदस्य

शिवशक्ती उद्योग प्रा.लि.

श्री धर्मराज पोखरेल

कार्य समिति सदस्य

कर्णाली फिड इ. प्रा.लि.

श्री दिल कुमार लामिछाने

कार्य समिति सदस्य

पुर्वाञ्चल एग्राीटेक प्रा.लि.

श्री देव कुमार गिरी

कार्य समिति सदस्य

के.नेट फिड इ. प्रा.लि.

श्री मनोज न्यौपाने

कार्य समिति सदस्य

सुनगाभा फिड प्रा.लि.

श्री प्रयागराज काफ्ले

कार्य समिति सदस्य

सौर्य कृषि कम्पनी लि.

श्री ओम प्रकाश तिवारी

कार्य समिति सदस्य

पञ्चरत्न फिड्स प्रा.लि.

श्री बिक्रम बहादुर सिंह

कार्य समिति सदस्य

रोयल फिड इ. प्रा.लि.

श्री अन्जनी कुमार मित्तल

मनोनित सदस्य

स्टार फिड ई. प्रा.लि

श्री तिर्थ थापा

मनोनित सदस्य

डल्फिन आधुनिक दाना उद्योग प्रा.लि

श्री लक्ष्मी नारायण यादव

आमन्त्रीत सदस्य

युवारानी मत्स्य कम्पनी

श्री अनिल खत्री

आमन्त्रीत सदस्य

हरिसिद्धि दाना उद्योग

डा.दिनेश गौतम

सल्लाकार

श्री टिकाराम पोख्रेल

सल्लाकार

Scroll to Top